गगनको क्षेत्र काठमाडौं ४ मा कांग्रेसले सचिन तिमल्सिनालाई दियो टिकट


काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं ४ मा सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ । तीनपटक सभापति गगन थापाले जितेको निर्वाचन क्षेत्रमा यसपटक युथ कांग्रेस अभियन्ता तिमल्सिनाले टिकट पाएका हुन् । क्रिकेट कमेन्टेटरसमेत रहेका तिमल्सिना काठमाडौं महानगर–३०, ज्ञानेश्वरका बासिन्दा हुन् ।

सभापति थापा भने यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरेर सर्लाही ४ पुगेका छन् । अघिल्लो निर्वाचनमै गगनलाई सर्लाही ४ बाट सिफारिस आएको थियो । अन्तिम समयसम्म पनि त्यहाँ कसैले उम्मेदवारी दिएको थिएन । यसपटक पनि कांग्रेसले थापालाई एकल सिफारिस गरेको थियो ।