काठमाडौँ । युथ कांग्रेस नेपालले नेपाली कांग्रेसका सभापति गगन थापाको आगामी प्रतिनिधिसभा निर्वाचन अभियानलाई प्रभावकारी, संगठित र परिणाममुखी बनाउन महामन्त्री प्रभात ठाकुलाई निर्वाचन अभियानकर्ता (चुनावी कमाण्डर)को जिम्मेवारी प्रदान गरेको छ ।
युथ कांग्रेस नेपालका सभापति यसज्वी राईद्वारा जारी पत्रमार्फत ठाकुरलाई उक्त जिम्मेवारी तोकिएको हो । पत्रमा युवानेतृत्व, संगठन विस्तार, जनसम्पर्क क्षमता र पार्टीप्रतिको प्रतिबद्धतालाई मूल्यांकन गर्दै ठाकुरलाई महत्वपूर्ण भूमिका दिइएको उल्लेख छ । पत्रमा भनिएको छ कि ठाकुरको नेतृत्वमा निर्वाचन अभियानले नयाँ ऊर्जा, स्पष्ट दिशा र जनतासँगको मजबुत सम्बन्ध स्थापित गर्ने विश्वास गरिएको छ ।
निर्वाचन अभियान अवधिभर संगठन परिचालन, युवा तथा स्वयंसेवक समन्वय, क्षेत्रगत कार्यक्रम सञ्चालन, जनसम्पर्क सुदृढीकरण तथा पार्टीको नीति, विचार र घोषणापत्रलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने जिम्मेवारी ठाकुरलाई प्रदान गरिएको छ ।
महामन्त्री ठाकुरले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन् । ‘युथ कांग्रेस नेपालले निर्वाचन अभियानलाई सफल बनाउन सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने छ’, उनले भने ।












प्रतिक्रिया