काठमाडौं – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनले अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ ।
एक जना आँसुले भरिएको सरकारी टिभी प्रस्तोताले खामेनीको मृत्युको घोषणा गरे र देशले ४० दिनको शोक मनाउने बताए । शनिवार अमेरिका र इजरायलले धेरै इरानी सहरहरूमा आक्रमण गरे र आइतबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा खामेनीको मृत्युको दाबी गरे। ‘इतिहासको सबैभन्दा खराब व्यक्ति मध्ये एक, खामेनी अब मरेका छन्,’ ट्रम्पले भनेका छन् ।
इरानमा इजरायल र अमेरिकाले शनिबार दिउँसोदेखि मिसाइल आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले पश्चिम एसियाका नौवटा देशमा मिसाइल प्रहार गरिरहेको छ ।
इरानले आफ्ना नेता मारिएकाले ४० दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । अमेरिकी आक्रमणमा खामेनीका छोरी, ज्वाईं र नातिनातिनीहरु पनि मारिएको बताइएको छ।
स्थानीय समयअनुसार हिजो बिहान दक्षिणी इरानको विद्यालयमा गरिएको आक्रमणमा कम्तीमा १०८ जना छात्राको मृत्यु भएको छ । इरानभर गरिएको हवाई आक्रमणमा दुई सय बढीको निधन र ७५० जना घाइते भएका छन् ।
इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर ९आईआरजीसी० को क्याम्पबाट नजिकै रहेको उक्त विद्यालयमा भएको आक्रमणले भौतिक संरचना ध्वस्त बनाएको छ । होर्मोजगान प्रान्तको मिनाब सहरस्थित उक्त विद्यालयमा तीनवटा मिसाइल खसालिएको थियो ।












प्रतिक्रिया