काठमाडौँ – बालेन शाह ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली का पिता मोहनप्रसाद ओलीको निधनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन् :
“नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः। नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः। पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन। ‘पात्र एक, भूमिका अनेक।’ केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ—पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।”
शाहले ओली ज्यू र उनका परिवारप्रति संवेदना व्यक्त गर्दै मोहनप्रसादको आत्मालाई शान्ति मिलोस् भनी कामना गरेका छन्।
शुक्रबार ओलीका बुबा मोहनप्रसादको ९७औं वर्षको उमेरमा निधन भएको हो।













प्रतिक्रिया