ओलीलाई समवेदना दिन गुन्डु पुगिन् प्रधानमन्त्री कार्की


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की एमाले अध्यक्ष केपी ओली भेट्न भक्तपुरको गुण्डु पुगेकी छन्। पितृ आशौच बारिरहेका ओलीलाई समवेदना दिन प्रधानमन्त्री आज उनकै निवास पुगेकी हुन्।

प्रधानमन्त्री कार्की उनका पति दुर्गा सुवेदीसहित गुण्डु पुगेर ओलीलाई भेटेका हुन्। एमाले अध्यक्ष ओलीको बुवा मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

पितृशोकमा रहेका ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुन्डु पुगेकी थिइन् । भण्डारीले ओली र शोक सन्तप्त परिवारलाई समवेदना दिएकी थिइन् । प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच गुन्डुमै भेटवार्ता भएको थियो ।