काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार उक्त प्रशिक्षण चैत ३ र ४ गते काठमाडौंमा आयोजना गरिनेछ। कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिका, पार्टीको नीति तथा कार्यदिशा, संसदीय प्रक्रिया तथा जिम्मेवारीबारे जानकारी गराइने बताइएको छ।
त्यसैगरी सबै सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेसम्म काठमाडौँ उपत्यकाभित्र तोकिएको स्थानमा उपस्थित हुन पार्टीले आग्रह गरेको छ।













प्रतिक्रिया