नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेनसँग ओलीको तत्काल रिहा मागे


काठमाडौं – नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन्।

सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए। छलफलमा सांसदहरूले आ–आफ्ना क्षेत्रगत समस्याबारे जानकारी दिन पाएका थिए।

धनकुटाबाट निर्वाचित सांसद राईले आफ्ना कुरा राख्दै भने, “हाम्रो अध्यक्षलाई प्रतिशोधका कारण पक्राउ गरिएको छ, उहाँलाई तत्काल रिहा गर्नुपर्छ।”

त्यस्तै, राईले सांसदहरूले स्वकीय सचिव राख्न नपाउने नियमप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए। उनले भने, “राम्रो काम गर्नै पनि भन्ने हो भने हामीले एउटा स्वकीय सचिव पनि राख्न नपाउने हुन्छ ?”

यद्यपि, यी छलफलको क्रममा प्रधानमन्त्री शाहले कुनै प्रतिक्रिया जनाएका थिएनन्। छलफलमा सहभागी एक सांसदका अनुसार, “राजेन्द्र राईले आफ्ना कुरा एकोहोरो राखिरहनुभयो, तर प्रधानमन्त्रीले जवाफ दिन चाहनुभएन।”