काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत वर्षाका कारण पाँच ओभरमा सीमित विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा विराटनगरले ३५ रनको शानदार जित निकालेको छ।
टस जितेर सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको विराटनगर किङ्सले निर्धारित पाँच ओभरमा १०५ रन बनाउँदै सुदूरपश्चिमलाई १०६ रनको लक्ष्य दिएको थियो।
१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पाँच ओभरमा तीन विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो। यससँगै विराटनगर किङ्सले ३५ रनको जित दर्ता गरेको हो।


















प्रतिक्रिया