गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबीच भेटवार्ता


काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा शान्ति–सुरक्षा र सुशासनका विषयमा छलफल केन्द्रित भएको अनुमान गरिएको छ।

छलफलका विषयवस्तु औपचारिक रूपमा सार्वजनिक नभए पनि देशको सुरक्षा अवस्था र प्रशासनिक सुधारका विषयमा कुराकानी भएको हुन सक्ने जनाइएको छ।

यसअघि मंगलबार गृहमन्त्री गुरुङले नेपाल प्रहरीका महानिरीक्षक, गृहसचिव तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूसँग करिब पाँच घण्टा लामो बैठक गरेका थिए।