काठमाडौं – गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। शेयर सम्बन्धी विषयमा उठेका जनचासो र प्रश्नलाई गम्भीर रूपमा लिँदै उनले निष्पक्ष छानबिनका लागि पद त्याग गरेको बताएका छन्।
उनले पदभन्दा ठूलो नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकतालाई जोड दिएका छन्। साथै, सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने बताएका छन्।
आजैदेखि लागू हुने गरी दिएको राजीनामालाई उनले नैतिक जिम्मेवारीको रूपमा प्रस्तुत गरेका छन्।













प्रतिक्रिया