नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ


काठमाडौं l नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले उनलाई नक्सालबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार गोल्छालाई गैरकानुनी सेयर कारोबारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

स्रोतका अनुसार उक्त प्रकरणमा वित्तीय अनियमितता तथा सेयर कारोबारमा नियमविपरीत गतिविधि भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। गोल्छामाथि लागेको आरोपबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

प्रहरीले यस विषयमा थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनपछि थप तथ्य सार्वजनिक गरिने जनाएको छ।

उता, व्यवसायिक क्षेत्रका एक प्रभावशाली व्यक्तित्वको रूपमा चिनिने गोल्छाको पक्राउसँगै निजी क्षेत्र तथा आर्थिक क्षेत्रमा यसको प्रभावबारे चासो बढेको छ।