काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूबीच आज सिंहदरबारमा अनौपचारिक छलफल बोलाएको छ। पार्टी प्रवक्ता मनिष झा का अनुसार बिहान ११ बजे बस्ने बैठकमा काठमाडौंमा उपलब्ध सबै सांसदलाई उपस्थित हुन निर्देशन दिइएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने उक्त छलफलमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने जनाइएको छ। बैठकको एजेन्डा सार्वजनिक नगरिए पनि पछिल्लो राजनीतिक घटनाक्रमसँग यसको सम्बन्ध रहेको अनुमान गरिएको छ।
विशेषगरी बालेन शाह ले संसदलाई छल्दै अध्यादेश ल्याएको भन्दै सरकारकै आलोचना गरेपछि रास्वपाभित्र त्यसबारे धारणा बनाउने तयारी भइरहेको बुझिएको छ। बालेनले झन्डै दुई तिहाइ बहुमतको सरकारले अध्यादेश ल्याउनु “बहादुरी नभएको” टिप्पणी गरेका थिए।
यसैबीच, सभापति लामिछानेले सांसदहरूलाई सिंहदरबार उपस्थित हुन दिएको निर्देशनलाई राजनीतिक रूपमा गम्भीर संकेतका रूपमा हेरिएको छ।
अबको बैठकले रास्वपाले सरकारको निर्णयप्रति कस्तो धारणा बनाउने र बालेनको आलोचनाप्रति कस्तो रणनीति लिने भन्ने विषयमा स्पष्टता दिने अपेक्षा गरिएको छ।













प्रतिक्रिया