काठमाडौं – गगनकुमार थापा सर्लाही पुगेका छन्। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि उनी पहिलोपटक सर्लाही गएका हुन्।
थापा सर्लाही–४ बाट चुनाव लडेका थिए तर परिणाम उनको पक्षमा आएन। उनलाई उमरेश कुमार सिंह ले पराजित गरेका थिए।
थापाको सचिवालयका अनुसार उनी निर्वाचनपछि पहिलोपटक सर्लाही पुगेका हुन्। सचिवालय सदस्य शंकर कुइँकेलले जानकारी दिएअनुसार थापा सर्लाही–४ मा कांग्रेसको ‘जरा अभियान’ मा सहभागी हुनेछन्।
यसक्रममा उनले सर्लाही–४ का मतदातासँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ। थापा बिहीबार काठमाडौं फर्कने बताइएको छ।













प्रतिक्रिया