काठमाडौं l काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा एक पुरुषले आत्महत्या गरेका छन l शुक्रबार बस्ती हटाउने क्रममा डोजर प्रयोग गरी घरटहरा भत्काइएपछि ती पुरुषले नजिकैको बागमती नदी मा हाम फालेर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रहरीका अनुसार मृतक करिब ६१ वर्षका इन्द्रबहादुर राई रहेको आशंका गरिएको छ। उनको शव नदीबाट निकालिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
स्थानीय बासिन्दाका अनुसार बस्ती हटाइएपछि उनी गम्भीर मानसिक तनावमा रहेका थिए। लामो समयदेखि बसोबास गर्दै आएको आवास गुमाउनुपरेको पीडाका कारण यस्तो घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
घटनापछि बल्खु क्षेत्रका सुकुम्बासी बस्तीमा शोकसँगै आक्रोश समेत फैलिएको छ।














प्रतिक्रिया