यी हुन् आज बसेको मन्त्रिपरिषद्को निर्णय


काठमाडौं l संसद् सम्बोधन: आगामी वैशाख २८ गते सोमबार अपराह्न ४:०० बजे सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने। यस प्रयोजनका लागि माननीय सदस्यहरूको उपस्थितिको आह्वान गर्न अनुरोध गरिएको छ।

परराष्ट्र मामिला: विदेशस्थित विभिन्न मुलुकमा कार्यरत १५ जना नेपाली मानार्थ वाणिज्य दूत तथा महावाणिज्य दूतहरूलाई पदमुक्त गर्ने निर्णय।

अन्तर्राष्ट्रिय महासन्धि: अन्तर्राष्ट्रिय श्रम सङ्गठनको ‘बाध्यकारी श्रम महासन्धि, १९३०’ सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ र ‘श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७’ (नं. ८१) अनुमोदनका लागि संघीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान।