नेपाली सेनाले हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्यामा महिलाको उद्धार


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको हवाई उद्धार कार्यक्रममार्फत सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–६ निवासी एक गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ।

जटिल प्रसूति समस्या देखिएपछि वैशाख ३० गते उनलाई थप उपचारका लागि नेपाली सेना को हवाई साधनमार्फत काठमाडौं ल्याइएको मन्त्रालयले जनाएको छ।

दुर्गम क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले यो हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।