काठमाडौं – प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले संसदको रोस्टमबाट व्यक्त आफ्ना केही शब्दका कारण उत्पन्न विवादप्रति क्षमायाचना गरेका छन् ।
हालैको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना अभिव्यक्तिहरू संसदीय मर्यादासँग मेल नखाएको भन्दै सभामुखको आदेशलाई सम्मानपूर्वक स्वीकार गरेको बताए । पराजुलीले आफ्नो भनाइका कारण आम जनतामा पर्न गएको असरप्रति गहिरो दुःख व्यक्त गर्दै क्षमा मागेका हुन् ।
उनले दिवंगत पूर्वसभामुख सुवास नेम्वाङलाई स्मरण गर्दै उनले स्थापित गरेको संसदीय मर्यादा र अभ्यासले अहिलेको प्रक्रियामा समेत मार्गदर्शन गरिरहेको उल्लेख गरे ।
पराजुलीले संविधानको धारा १०४ को उपधारा (१) अनुसार गठित १५ सदस्यीय मस्यौदा समितिले तयार पारेको नियमावली सबै राजनीतिक दलको समान सहमति र सहभागितामा अघि बढाइएको पनि स्पष्ट पारेका छन् ।
















प्रतिक्रिया