प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ले बुधबार अनुमोदन गर्ने तयारी उजुरी दर्ता गर्ने म्याद आज समाप्त


काठमाडौं l प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा विरुद्ध उजुरी दर्ता गर्ने म्याद आज समाप्त भएको छ। प्रस्ताव अनुमोदनअघि संसदीय सुनुवाइ अनिवार्य हुने संवैधानिक व्यवस्थाअनुसार उनीविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरिएको थियो। संसद् सचिवालयले प्राप्त उजुरीहरू भोलि संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई वितरण गर्ने जनाएको छ।

संसदीय सुनुवाइ समितिले प्राप्त उजुरीका आधारमा बुधबार डा. शर्मासँग प्रश्नोत्तर गर्ने तयारी गरेको छ। समिति स्रोतका अनुसार बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उजुरीमाथि जवाफ लिने र त्यसपछि सिफारिसलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यदि बुधबार उनको नाम अनुमोदन भएमा, उनी बिहीबार राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरी प्रधानन्यायाधीश पदमा बहाली हुन सक्नेछन्।