काठमाडौं l प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ। सुनुवाइका क्रममा उनीविरुद्ध दर्ता भएका १६ वटा उजुरी, उनको कार्ययोजना तथा सांसदहरूले उठाएका प्रश्नमाथि छलफल गरिएको थियो।
सुनुवाइका क्रममा शर्मा स्वयंले आफ्नो योग्यता र क्षमतामाथि प्रश्न उठ्ने ठाउँ नरहेको बताएका छन्। उनीमाथि ‘नेपोबेबी’, नियुक्ति प्रक्रिया र केही पूर्व निर्णयसँग सम्बन्धित विषयमा प्रश्न उठाइएको थियो, जसको उनले जवाफ दिएका छन्।
अब संसदीय सुनुवाइ समितिले आफ्नो निर्णय दिनेछ। समितिबाट अनुमोदन भएमा संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिबाट उनको प्रधानन्यायाधीश पदमा नियुक्ति प्रक्रिया अघि बढ्नेछ।
















प्रतिक्रिया