काठमाडौं l संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहणपछि शर्माले आजै सर्वोच्च अदालत पुगेर आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेका छन्। प्रधानन्यायाधीशका रूपमा उनको जिम्मेवारीसँगै सर्वोच्च अदालतको नेतृत्व अब औपचारिक रूपमा सुरु भएको छ।
















प्रतिक्रिया