प्रतिनिधिसभामा प्लेकार्ड प्रदर्शन गरेपछि सभामुखले श्रम संस्कृति पार्टीका सांसदलाई चेतावनी


काठमाडौं l प्रतिनिधिसभाको बैठकमा संसद्को मर्यादा विपरीत प्लेकार्ड देखाएर विरोध प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्याल ले श्रम संस्कृति पार्टीका सांसदहरूलाई चेतावनी दिएका छन्। बुधबार बसेको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० बमोजिम सांसदहरूको गतिविधि र व्यवहार सच्याउन निर्देशन दिएका हुन्।

सभामुखले संसद्को गरिमा र नियमअनुसार सदन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै यस्ता गतिविधि दोहोरिए नियमअनुसार थप कदम चाल्न सकिने संकेत गरेका थिए।

यता, त्यसको जवाफमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले नियमावलीकै नियम १५ को पालना गराइएको वा नगराइएको विषय उठाउँदै प्रश्न गरेका छन्। त्यसपछि सदनमा केही समय नियम र प्रक्रियाबारे बहससमेत भएको थियो।