काठमाडौं l आगामी गणतन्त्र दिवसको मूल समारोहमा यसपटक प्रधानमन्त्रीले सम्बोधन नगर्ने भएका छन्। टुँडिखेलमा हुने मुख्य समारोहलाई राष्ट्रपति कार्यालयमार्फत सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपतिलाई सम्बोधनको जिम्मेवारी दिने निर्णय भएको स्रोतले जनाएको छ।
परम्परागत रूपमा गणतन्त्र दिवसको मुख्य समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहँदै आएको थियो। यसपटक भने संविधानको व्यवस्था तथा सरकारी निर्णयअनुसार राष्ट्रपतिलाई सम्बोधनको भूमिका दिइएको बताइएको छ। समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख तथा अन्य उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहनेछ।
















प्रतिक्रिया