सिन्धुपाल्चोक – जगन्नाथ दुलाल लाई ‘रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले आफ्नो साधारणसभाको अवसरमा उनलाई सम्मानसहित पुरस्कार प्रदान गरेको हो ।
न्युज २४ नेपाल का वरिष्ठ संवाददाता दुलाल यसअघि राष्ट्रपतिबाट उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् । संसदीय मामिला र अदालत रिपोर्टिङमा सक्रिय उनले कारोबार दैनिक, बार्हखरी, माउन्टेन टेलिभिजन र हिमालय टेलिभिजन मा वरिष्ठ संवाददाताका रूपमा काम गरिसकेका छन् ।
हाल उनी न्युज २४ नेपाल को राजनीति ब्यूरोमा वरिष्ठ संवाददाता तथा ‘२४ टक’ कार्यक्रमका सञ्चालक हुन् ।
मेलम्ची बाढीका बेला आफ्नै घरजग्गा बगिरहेकै अवस्थामा पनि घटनास्थलबाट प्रत्यक्ष प्रसारणमार्फत रिपोर्टिङ गरेर दुलालले पत्रकारिताप्रतिको समर्पण र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेका थिए ।
















प्रतिक्रिया