प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र प्रतिनिधिसभामा उपस्थित हुने


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: आगामी एक हप्ताभित्र प्रतिनिधिसभामा उपस्थित हुने भएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कवीन्द्र बुर्लाकोटी ले प्रधानमन्त्री चाँडै सदनमा आउने जानकारी दिएका हुन् ।

पहिलो बैठक स्थगित भएपछि विभिन्न दलहरूसँग संवाद भएको र त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयसँग समेत छलफल भएको उल्लेख गर्दै उनले सदनलाई जानकारी गराएका थिए ।

‘प्रधानमन्त्रीको सचिवालयसँग पनि मेरो कुरा भएको छ,’ बुर्लाकोटीले भने, ‘प्रधानमन्त्रीज्यू सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभामा उपस्थित हुनुहुनेछ ।