सांसद संग्रौलामाथि अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्न सिफारिस


काठमाडौं l राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्वाला संग्रौलामाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गते भएको घटनासम्बन्धी मानवअधिकार उल्लंघनको अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा यस्तो सिफारिस गरिएको हो ।

आयोगले सम्बन्धित घटनामा उनीहरूको संलग्नता र भूमिका के–कस्तो रहेको भन्नेबारे छानबिन गरी दोषी ठहरिए कारबाही गर्नुपर्ने निष्कर्षसहित अनुसन्धान अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।