रास्वपाका तीन सांसदमाथि छानबिन गरी कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन सांसदविरुद्ध छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले सांसदहरू बबलु गुप्ता, सोम शर्मा र शिव यादव विरुद्ध मानव अधिकार उल्लंघनसम्बन्धी आरोपका आधारमा अनुसन्धान अघि बढाउन सुझाव दिएको हो।

भदौ २३ र २४ गते भएको घटनासम्बन्धी छानबिन प्रतिवेदनका आधारमा आयोगले यस्तो सिफारिस गरेको जनाइएको छ। सरकारले आयोगको सिफारिसअनुसार थप प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।