नयाँ हलको प्राविधिक काम नसकिँदा बजेट भाषण पुरानै हलबाटै हुने


काठमाडौं l शुक्रबार सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुने भएको छ ।

यसपटक बजेट नयाँ हलबाट प्रस्तुत गर्ने तयारी सरकारले गरेको भए पनि प्राविधिक काम समयमै सम्पन्न नभएकाले नयाँ हल प्रयोग नहुने भएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार आवश्यक प्राविधिक तयारी पूरा नभएकाले नयाँ हलबाट बजेट वाचन सम्भव भएको छैन ।

अब बजेट प्रतिनिधिसभा बैठक सञ्चालन हुँदै आएको पुरानै हलबाट प्रस्तुत गरिनेछ ।