सैनिक मञ्च टुँडिखेलमा आयोजित १९औँ गणतन्त्र दिवस २०८३


काठमाडौं l गणतन्त्र दिवसको अवसरमा आज राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना भएको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

वि.सं. २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको थियो । जनआन्दोलन २०६२/६३ को उपलब्धिका रूपमा स्थापित गणतन्त्र दिवस प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।

यस अवसरमा देशभर दीप प्रज्वलन, प्रभातफेरी, सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदानका कार्यक्रमसमेत आयोजना गरिएका छन् ।