काठमाडौं l सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार र प्राथमिकताबारे जानकारी गराएका हुन्।
कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ५९.८ प्रतिशत हो। यस्तै, विकास निर्माण तथा पूर्वाधार विस्तारका लागि पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत बजेट छुट्याइएको छ।
त्यसैगरी, ऋणको साँवा–ब्याज भुक्तानी तथा अन्य वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत बजेट विनियोजन गरिएको सरकारले जनाएको छ।
सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, उत्पादन वृद्धि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याएको बताएको छ।
















प्रतिक्रिया