काठमाडौं l माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा आज सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तरक्रिया गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार पत्रकार सम्मेलन आज दिउँसो ३ बजे मन्त्रालयस्थित सुवर्ण हलमा आयोजना हुनेछ। कार्यक्रममा अर्थमन्त्री वाग्लेले हालै संसदमा प्रस्तुत गरिएको बजेटका विभिन्न पक्षबारे जानकारी गराउने तथा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ।
अर्थ मन्त्रालयले कार्यक्रममा सहभागी हुन सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई अनुरोध गरेको छ।
















प्रतिक्रिया