रास्वपा सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणमा साथमा अरु को को जाँदैछन् त ?


काठमाडौं l सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज तीनदिने भारत भ्रमणमा प्रस्थान गर्दैछन्। भ्रमण भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा हुन लागेको हो।

लामिछानेको टोलीमा उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य तथा विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी रहने जनाइएको छ।

रास्वपा स्रोतका अनुसार भ्रमणका क्रममा लामिछानेले नरेन्द्र मोदी र एस जयशंकर सँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।

यस्तै, जेठ १९ गते भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा आयोजित कार्यक्रममा भाजपा अध्यक्ष नीतिन नवीन ले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ। लामिछाने जेठ २० गते नेपाल फर्किने कार्यतालिका रहेको बताइएको छ।