काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज सोमबार प्रस्थान गरेका छन्। उनी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीन को निमन्त्रणामा भारत गएका हुन्।
रास्वपाका अनुसार भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्ली मा भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने जनाइएको छ। साथै, भारतमा रहेका नेपाली समुदाय तथा पार्टी समर्थकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा पार्टीका अन्य नेताहरू समेत सहभागी रहेका छन्। भ्रमणका क्रममा अयोध्या भ्रमण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।
रास्वपाले जनाएको अनुसार लामिछाने जेठ २२ गते स्वदेश फर्किनेछन्। नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा केन्द्रित यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
















प्रतिक्रिया