संसद भवनको भर्याङमा लडेर सांसद बसुमाया तामाङ घाइते, ट्रमा सेन्टर लगियो
काठमाडौं l प्रतिनिधिसभाको बैठक सकिएपछि संसद भवनबाट बाहिरिने क्रममा सांसद बसुमाया तामाङ भर्याङमा लडेर घाइते भएकी छन्।
खुट्टामा चोट लागेपछि उनलाई संसद परिसरबाट एम्बुलेन्समार्फत थप उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। उपचारका लागि लैजाँदा पूर्व गृहमन्त्री सुदन गुरुङ र सांसद आशिका तामाङ समेत साथमा ट्रमा सेन्टर पुगेका छन्।
घटनापछि संसद परिसरमा केहीबेर चासो र व्यस्तता देखिएको थियो। सांसद तामाङको स्वास्थ्य अवस्था र चोटको प्रकृतिबारे थप विवरण भने सार्वजनिक भइसकेको छैन। स्वास्थ्य परीक्षणपछि थप जानकारी आउने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया