काठमाडौं l पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई धरौटीमा छाड्न आदेश दिएको हो l मंगलवार न्यायाधीश गायत्रीप्रसाद रेग्मी को इजलासले सिंहलाई दुवै कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी जयनारायण यादव ले जानकारी दिए।
अदालतका अनुसार झुटा विवरण पेश गरी नागरिकता बनाएको कसुरमा १५ हजार रुपैयाँ तथा लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ धरौटी माग गरिएको छ। सिंहले धरौटी रकम बुझाउने प्रक्रिया अगाडि बढाइरहेका छन्।
सिंहविरुद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो। उनलाई प्रहरीले सोमबार बिहान पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।
यसअघि पर्सा जिल्ला अदालतले लिखतसम्बन्धी मुद्दामा मेयर सिंहसहित रिता भट्टराई र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो।

















प्रतिक्रिया