भाजपा अध्यक्ष नितिन नवीन र रास्वपा सभापति रवि लामिछानेबीच उपहार आदानप्रदान


काठमाडौं l भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नितिन नविनबीच सांस्कृतिक तथा धार्मिक महत्वका उपहार आदानप्रदान भएका छन्।

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले रवि लामिछानेलाई भगवान् रामको मूर्ति उपहारस्वरूप प्रदान गरेका छन्। जवाफमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविले पशुपतिनाथको मूर्ति तथा रुद्राक्षको माला उपहार दिएका छन्।

दिल्लीस्थित भाजपा मुख्यालयमा भएको भेटवार्ताका क्रममा दुई नेताबीच नेपाल–भारत सम्बन्ध, सांस्कृतिक निकटता तथा आपसी सहकार्यका विषयमा समेत छलफल भएको बताइएको छ। धार्मिक तथा सांस्कृतिक प्रतीक झल्किने उपहार आदानप्रदानलाई दुई देशबीचको ऐतिहासिक र सभ्यतागत सम्बन्धको प्रतीकका रूपमा हेरिएको छ।