संसद बैठकमा प्रधानमन्त्री बालेनको हाजिरी खोज्दै हर्क साम्पाङ


काठमाडौं l श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले संसद् बैठकमा प्रधानमन्त्री बालेन शाह को हाजिरीबारे प्रश्न उठाएका छन्।

प्रतिनिधिसभा नियमावलीको नियम ४ अनुसार बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै साम्पाङले प्रधानमन्त्रीले हाजिरी जनाए–नजनाएको विषय उठाएका हुन्।

संसद्मा बोल्दै उनले, “प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि हाजिर गर्नुभएको छ कि छैन? यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ,” भन्दै प्रधानमन्त्रीको उपस्थिति अभिलेख सार्वजनिक गर्न माग गरे।