परराष्ट्रमन्त्री शिशिर खनाल भोलि भारत भ्रमणमा जाने


काठमाडौं l परराष्ट्रमन्त्री शिशिर खनाल भोलि (शुक्रबार) भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो।

यसअघि जेठ २३ गते तय भएको भ्रमण प्राविधिक कारणले केही ढिलाइ भएको थियो। नयाँ तालिकाअनुसार मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नेछन्।

भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस. जयशंकरसहित उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग र द्विपक्षीय हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।