काठमाडौं l नापी विभागले ‘मेरोकित्ता मोबाइल एप’ सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो।
यो एपमार्फत नागरिकले अब नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सक्नेछन्। आवेदनपछि प्राप्त हुने OTP प्रयोग गरी सेवाग्राहीले आफ्नो आवेदनको अवस्था (status) मोबाइलमै हेर्न सक्ने व्यवस्था गरिएको छ।
राजस्व भुक्तानीका लागि ई–सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता डिजिटल माध्यम पनि समावेश गरिएको छ। साथै, सम्बन्धित नापी कार्यालयका अधिकारीहरूको सम्पर्क विवरण पनि एपमै उपलब्ध हुनेछ।
एप मोबाइलसँगै वेब संस्करणमा पनि प्रयोग गर्न सकिने नापी विभागले जनाएको छ।

















प्रतिक्रिया