काठमाडौँ । संविधान संशोधनका लागि गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी सँग भेट गरी सुझाव संकलन गरेको छ।
पूर्वराष्ट्रपति यादवले संविधानका मूल आधारहरू—संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीतालाई जोगाउँदै फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र संशोधन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्। उनले संविधान निर्माणमा समेटिएको सामाजिक विविधता र विपन्न वर्गको हितलाई विशेष प्राथमिकता दिन आग्रह गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारीले संविधान संशोधनका लागि बृहत् राजनीतिक सहमति आवश्यक रहेको बताउँदै महिलाको एकतिहाइ सहभागितालाई थप प्रभावकारी बनाउने संवैधानिक सुधार गर्नुपर्ने सुझाव दिएकी छन्। उनले राजदूत नियुक्ति तथा विभिन्न संवैधानिक आयोगहरूको कार्यप्रणाली पुनरावलोकन गर्नुपर्ने धारणा पनि राखेकी छन्।

कार्यदलले अब पूर्वप्रधानमन्त्रीहरूसँग पनि छलफल गरी संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्ने जनाएको छ।

















प्रतिक्रिया