प्रसिद्ध नेपाली सेफ सन्तोष साह पक्राउ


काठमाडौं l प्रसिद्ध नेपाली सेफ सन्तोष साह पक्राउ परेका छन्।उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई महोत्तरीबाट गएराति पक्राउ गरेको हो।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा दिएको चेक अनादर (बाउन्स) भई ठगीसम्बन्धी कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्का ले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।