काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह ले अपि हिमाल, आधार शिविरको २४ सेकेन्ड लामो भिडियो आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि अपि हिमाल सर्वत्र चर्चामा आएको छ।
प्रधानमन्त्रीले सार्वजनिक गरेको भिडियोले सामाजिक सञ्जालमा व्यापक ध्यान आकर्षित गरेसँगै अपि हिमालबारे चर्चा चुलिएको हो। सुदूरपश्चिमको दार्चुलामा अवस्थित अपि हिमाल प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र पदयात्राका लागि प्रसिद्ध गन्तव्य मानिन्छ।
पर्यटन व्यवसायी तथा स्थानीयवासीले प्रधानमन्त्रीको भिडियोले अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। छोटो भिडियोमार्फत ओझेलमा परेको पर्यटकीय गन्तव्य राष्ट्रिय चासोको विषय बनेको उनीहरूको भनाइ छ।
विशेषगरी युवा पुस्तामाझ भिडियो लोकप्रिय बनेपछि अपि हिमालतर्फ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न सक्ने अपेक्षा गरिएको छ।





















प्रतिक्रिया