काठमाडौं l काठमाडौँ मेडिकल कलेजकी अध्यक्ष तथा युवा नेत्री सोईना शर्मा ले गुणस्तरीय स्वास्थ्य सेवाको वास्तविक लागतबारे गम्भीर बहस आवश्यक रहेको बताएकी छन्।
उनका अनुसार उपचारको शुल्क सुई लगाएको वा औषधि दिएको रकम मात्र नभई त्यसको पछाडि अस्पताल सञ्चालन, आधुनिक उपकरण, दक्ष जनशक्ति, चौबीसै घण्टा उपलब्ध सेवा तथा समग्र स्वास्थ्य प्रणालीको लागत जोडिएको हुन्छ।
“हामीलाई आधुनिक उपकरणसहितको अस्पताल चाहिन्छ, अनुभवी डाक्टर चाहिन्छ र आवश्यक पर्दा रातको २ बजे पनि सेवा चाहिन्छ भने त्यसको लागत पनि हुन्छ,” उनले उल्लेख गरेकी छन्।
शर्माले स्वास्थ्य सेवा महँगो हुनु विश्वव्यापी यथार्थ रहेको बताउँदै नेपाल पनि त्यसबाट अलग नरहेको धारणा राखिन्। स्वास्थ्य सेवाको खर्चबारे बहस हुन सक्ने भए पनि अस्पताल र स्वास्थ्यकर्मीलाई मात्र दोष दिएर समस्या समाधान नहुने उनको भनाइ छ।
उनले अन्त्यमा प्रश्न उठाएकी छन्, “यदि गुणस्तरीय स्वास्थ्य सेवा चाहिन्छ भने त्यसको वास्तविक लागत कसले तिर्ने?”

















प्रतिक्रिया