नेपाल भारत सीमा सुरक्षा बैठकका लागि भारतीय सुरक्षा अधिकारी टोली नेपालमा


कञ्चनपुर । नेपाल–भारत द्विपक्षीय सीमा सुरक्षा बैठकका लागि भारतका उत्तराखण्ड र उत्तर प्रदेश का सीमा सुरक्षा अधिकारीहरूको टोली नेपाल प्रवेश गरेको छ।

नेपाल र भारतबीचको द्विपक्षीय सीमा सुरक्षा बैठक कञ्चनपुर को भीमदत्तनगर मा आयोजना हुने भएको छ। उक्त बैठकमा दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा देखिएका समस्या, सीमा विवाद, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन, लागुऔषध ओसारपसार तथा सीमापार सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।

दुवै पक्षले सीमा सुरक्षालाई सुदृढ बनाउँदै आपसी समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।