नेपाल–भारत सीमा सुरक्षा बैठक महेन्द्रनगरमा जारी


काठमाडौं l नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विभिन्न समस्या तथा समसामयिक विषयमा दुई देशका उच्च अधिकारीबीच छलफल महेन्द्रनगरस्थित होटल ओपेरामा जारी रहेको छ।

भीमदत्तनगर क्षेत्रमा भइरहेको उक्त बैठकमा सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, अवैध आवागमन रोकथाम तथा समन्वय सुदृढीकरणका विषयमा विस्तृत छलफल भइरहेको बताइएको छ।

दुवै देशका सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी बैठकलाई नियमित द्विपक्षीय समन्वय संयन्त्रअन्तर्गतको महत्वपूर्ण अभ्यासका रूपमा लिइएको छ।

छलफलपछि संयुक्त निष्कर्ष र सहमति सार्वजनिक गरिने अपेक्षा गरिएको छ।