मधेश प्रदेशको आर्थिक वर्ष २०८३/८४ पुँजीगत खर्चमा जोड, ४१ अर्बभन्दा बढीको बजेट प्रस्तुत


जनकपुरधाम l मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराई ले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ तथा पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ खर्च प्रस्ताव गरिएको जानकारी दिए।

कुल बजेटमध्ये चालु खर्च ३५.५४ प्रतिशत र पुँजीगत खर्च ६४.३५ प्रतिशत रहेको छ। प्रदेश सरकारले विकास निर्माण तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चको हिस्सा बढी राखेको जनाएको छ।

बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ तथा गत आर्थिक वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ व्यवस्थापन गर्ने अनुमान गरिएको छ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेट अब प्रदेश सभामा छलफलपछि पारित हुने प्रक्रियामा जानेछ।