ठगी कसुरमा पक्राउ परेका सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा


काठमाडौं l ठगी तथा चेक अनादर सम्बन्धी कसुरमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन्।

काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर भएको उजुरीका आधारमा शनिबार पक्राउ परेका साहलाई आइतबार हाजिरी जमानीमा छाडिएको हो।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा साहलाई परिवारका सदस्यको जिम्मामा रिहा गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।