काठमाडौं l श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गर्दै विरोध जनाएका छन्।
विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी ले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको आरोप लगाउँदै उनीहरूले बैठकमा अवरोध गरेका हुन्।
विरोधका क्रममा सांसदहरू सभामुखको आसनअगाडि रहेको बेल क्षेत्रमा पुगेर नाराबाजी तथा घेराउमा उत्रिएका थिए। त्यसपछि सभामुख डीपी अर्याल ले संसद्को मर्यादा र नियमावलीको पालना गर्न आग्रह गर्दै सम्बन्धित सांसदहरूलाई सचेत गराएका थिए।
संसद्मा जारी अवरोधका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको छ। बैठक सञ्चालन र आगामी प्रक्रियाबारे सभामुखले आवश्यक परामर्श गरिरहेको जनाइएको छ।

















प्रतिक्रिया