कक्षा १२ को नतिजा सार्वजनिक ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। यस वर्ष परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् भने १ लाख ४७१ जना अनुत्तीर्ण भएका छन्।

बोर्डका अनुसार यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६४.१३ रहेको छ। नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने आंशिकतर्फ उत्तीर्ण दर ४२.३८ प्रतिशत रहेको छ।

नतिजाअनुसार ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना र २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २४९ जना विद्यार्थी रहेका छन्, जुन सबैभन्दा ठूलो समूह हो।

यस्तै, २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने ५० हजार ५९७ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना तथा १.६१ देखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९ रहेको बोर्डले जनाएको छ।