काठमाडौं । कञ्चनपुरमा सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटाले दिएको जाहेरीका आधारमा उनलाई सोमबार बिहान पक्राउ गरिएको हो।
प्रहरीका सूचना अधिकारी डीएसपी टेकबहादुर रावलका अनुसार महेन्द्रनगरस्थित स्वीट ड्रीम होटलमा चलिरहेको लागूऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा पुगेकी कुँवरले वडाध्यक्ष देवकोटामाथि दुव्र्यवहार गर्दै कुटपिट गरेको आरोप छ।
घटनापछि देवकोटाले अभद्र व्यवहारसम्बन्धी मुद्दामा जाहेरी दिएका थिए। प्रहरीले कुँवरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
यस घटनापछि सामाजिक सञ्जालमा पत्रकार आचारसंहिता उल्लंघन भएको भन्दै कारबाहीको माग पनि उठिरहेको छ।

















प्रतिक्रिया