काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा ट्राफिक प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालन भइरहेका बस काउन्टरमा अनुगमन गर्दा यात्रु तानातान गर्ने, झोला खोस्ने तथा अमर्यादित व्यवहार गर्ने कर्मचारी, चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सूर्यबहादुर देवकोटा, प्रकाश शिवाकोटी, हरिभजन थापा, डिल्लीप्रसाद लामिछाने, सुरेश तामाङ, तिलककुमार थापा, खड्कबहादुर तामाङ, डोरकुमार श्रेष्ठ, नन्दलाल बुढाथोकी र राजेश सापकोटा रहेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार यात्रुमाथि हैरानीपूर्ण व्यवहार गरिरहेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया